नियम १४४
बिदाको अवधिको लागि न्यायाधीश तोक्ने
(१) ऐनको दफा २६ को प्रयोजनको लागि मुख्य न्यायाधीश वा मुख्य भई काम गर्ने न्यायाधीशले बिदाको अवधिभर बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रको सुनुवाइ गर्न कुनै न्यायाधीशलाई तोक्न सक्नेछ। त्यसरी न्यायाधीश तोकिएको जानकारी सर्वोच्च अदालतलाई दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम तोकिएको न्यायाधीशको सहयोगको लागि अन्य आवश्यक कर्मचारीको व्यवस्था रजिस्ट्रारले गर्नेछ।

(३) तीन दिन वा सो भन्दा बढी बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरणको प्रयोजनको लागि अदालत खुल्ला भएको बखत खटिएका कर्मचारीलाई सो अवधिको लागि निजले खाइपाई आएको तलब भत्ताको अतिरिक्त सो बराबरको अतिरिक्त रकम समेत प्रदान गरिनेछ।